रास्वपा पोखरा महानगरको सभापतिमा योगेन्द्रबहादुर केसी

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिकाको प्रथम अधिवेशनबाट योगेन्द्रबहादुर केसी पाँच वर्षीय कार्यकालका लागि सभापतिमा निर्वाचित भएका छन्।

पोखरामा सम्पन्न अधिवेशनले यातायात व्यवसायीसमेत रहेका केसीलाई महानगर समितिको नेतृत्वका लागि निर्विरोध चयन गरेको हो। अधिवेशनबाट उपसभापति, सचिव, सहसचिवसहित २५ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरिएको छ।

 

नयाँ कार्यसमितिको उपसभापतिमा संगीता गौतम, सचिवमा कमल वानियाँ र सहसचिवमा सरिता शर्मा चयन भएका छन्। अन्य सदस्यहरू पनि अधिवेशनमार्फत चयन गरिएको जनाइएको छ।

 

अधिवेशनको उद्घाटन रास्वपा नेता तथा गण्डकी प्रदेशका पर्यटन मन्त्री ले गरेका थिए। कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

 

नवनिर्वाचित सभापति केसीले पोखरा महानगरभित्र पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनताका मुद्दा र सरोकारलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। अधिवेशनले संगठन विस्तार, सुशासन र जनमुखी राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...