मानव सेवा आश्रममा वृक्षारोपण

पोखरा, असार १७ – लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के, नेपालको चालु वर्षको मूल नारा ‘उद्देश्यसहितको नेतृत्व’ लाई सार्थक बनाउने उद्देश्यले गण्डकी क्षेत्रअन्तर्गत मानव सेवा आश्रममा वृक्षारोपण तथा भोजन दान कार्यक्रम सम्पन्न गरेकाे छ।

हेम्जास्थित मानव सेवा आश्रममा आयोजित कार्यक्रममा गण्डकी क्षेत्रअन्तर्गत रहेका ३२ लायन्स क्लबमध्ये २० क्लबको सहभागिता रहेको थियो। कार्यक्रममा करिब ३० वटा विभिन्न जातका फलफूलका बिरुवा रोप्नुका साथै आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई भोजन गराइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि उद्याेगी, समाजसेवी आनन्द मुल्मी तथा आईपीडीजी दुर्गा हुमागाईं लगायत डिस्ट्रिक्टका वरिष्ठ लायन सदस्यहरूको उपस्थिति रहेको थियो। साथै विभिन्न क्लबका पूर्व वर्ष अध्यक्ष (पीभीएसटी) तथा अन्य पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो।

 

कार्यक्रमलाई सफल बनाउन विशेष भूमिका निर्वाह गर्ने संयोजक द्वितीय उपजिल्ला प्रमुख (डिओवाई) लायन भरतकुमार अधिकारी, लायन पदम ढकाल तथा सहयोग गर्ने सम्पूर्ण लायन सदस्यप्रति लायन सरु गिरी ले हार्दिक आभार व्यक्त गरेकी छन्।

 

सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले वातावरण संरक्षणसँगै मानव सेवाको सन्देश प्रवाह गरेको आयोजकको जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...