आत्महत्याका समाचार जिम्मेवार ढंगले सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह

पोखरा, असार १७ – मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथाममा सञ्चारमाध्यमको भूमिका प्रभावकारी बनाउन सञ्चारकर्मीका लागि संवेदनशील रिपोर्टिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबार पोखरामा सम्पन्न भएको छ।

कार्यक्रममा सहभागी वक्ताहरूले आत्महत्यासम्बन्धी समाचारलाई सनसनीपूर्ण रूपमा नभई जनस्वास्थ्यको गम्भीर मुद्दाका रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिएका छन्। समाचार सम्प्रेषण गर्दा मृतक वा प्रयास गर्ने व्यक्तिको पहिचान खुल्ने विवरण, तस्वीर वा भिडियो प्रयोग नगर्न तथा रोकथाम र सहयोगका उपायलाई प्राथमिकता दिन आग्रह गरिएको थियो।

 

स्वास्थ्य मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा. रमेश कुमार केसीले गण्डकी प्रदेशमा औसत दैनिक दुई जनाले आत्महत्या गर्ने तथा करिब २० जनाले आत्महत्याको प्रयास गर्ने अवस्था रहेको जानकारी दिए। उनले जिम्मेवार सञ्चारले आत्महत्या रोकथाममा सकारात्मक योगदान पुर्‍याउन सक्ने बताए।
स्वास्थ्य सचिव खिमबहादुर खड्काले मानसिक स्वास्थ्यलाई राज्यको प्राथमिकतामा राख्दै आत्महत्या रोकथामका लागि सरकार, सञ्चारमाध्यम र समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।

 

प्रादेशिक जनस्वास्थ्य सेवा केन्द्र गण्डकीका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रकाशराज शर्माले मानसिक स्वास्थ्यको महत्वबारे जानकारी गराउँदै समयमै सहयोग र उपचारको पहुँच विस्तार गर्नुपर्ने बताए।

 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुरेन्द्र रानाभाटले कास्की जिल्लाको पछिल्लो तीन आर्थिक वर्षको आत्महत्यासम्बन्धी तथ्यांक सार्वजनिक गरे।

 

प्रस्तुत तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा १२६ जनाले आत्महत्या गरेका छन् भने चालु आर्थिक वर्ष २०८२/८३ को असार १६ गतेसम्म १३४ जनाले आत्महत्या गरेका छन्।

 

साथै, नेपाल प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा देशभर ६ हजार ८४३ जनाले आत्महत्या गरेका जानकारी कार्यक्रममा प्रस्तुत गरिएको थियो।

 

कार्यक्रममा सञ्चारकर्मीहरूले आत्महत्यासम्बन्धी समाचार तथ्यपरक, सन्तुलित र संवेदनशील रूपमा सम्प्रेषण गर्दै जोखिममा रहेका व्यक्तिलाई सहयोग खोज्न प्रेरित गर्ने सामग्रीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...