सार्वजनिक स्थलमा महिलासामु गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा शिक्षा अधिकृत पक्राउ

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–२, इमाडोलस्थित सार्वजनिक स्थलमा एक महिलासामु आफ्नो गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा ५५ वर्षीय सुरेन्द्र भट्ट पक्राउ परेका छन्।

जिल्ला बैतडीको पाटन नगरपालिका–७ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–२ मा बस्दै आएका भट्टलाई पीडित महिलाले घटनाको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोबाटोको टोलीले पक्राउ गरेको हो।

 

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट भट्ट सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको खुलेको छ।

 

हाल उनलाई प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखी सार्वजनिक स्थलमा अभद्र तथा अश्लील व्यवहारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...