विजयपुर खोलामा बेपत्ता निक्सनको शव फेला, ओमन अझै वेपत्ता

पाेखरा ।पाेखरकाे  विजयपुर खोला तर्ने क्रममा बेपत्ता भएका दुई बालकमध्ये एक जनाको शव फेला परेको छ ।

घटना लगत्तै खोजी कार्य जारी राखेको प्रहरी/सशस्त्र प्रहरीको टोलीले मंगलबार दिउँसो १:५० बजे घटनास्थलबाट करिब डेढ किलोमिटर तल गोरखा भिलेज पछाडि भत्किएको पर्खालको रडभित्र शव फेला पारेको जनाएको छ ।

 

एक्साभेटरको सहयोगमा दिउँसो २:२६ बजे शवलाई पानीबाट बाहिर निकालिएको स्थानीयले बताए । शव पोखरा-१४, छिनेडाँडा बस्ने १४ वर्षीय निक्सन गुरुङको रहेको उनका आफन्तले पहिचान गरेका छन्।बेपत्ता भएका अर्का बालक ओमन राईको खोजी तथा उद्धार कार्य जारी रहेको छ।

 

गत साउन ३० गते विजयपुर खोला तर्ने क्रममा बेपत्ता भएका बालकहरूको थप खोज तथा उद्धारका लागि खटिएको सशस्त्र प्रहरीले घटनास्थलभन्दा करिब १५० मिटर तल र्‍याप्लिङ/क्लाइम्बिङ रोप रेस्क्यु विधिबाट ६०–७० मिटर गहिरो विजयपुर खोलाको खोँचमा पसेर खोजी कार्य जारी राखेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...