पोखरा — विपद्को कठिन घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै पोखरा हार्डवेयर एसोसिएसन, कास्कीले सामाजिक उत्तरदायित्वअन्तर्गत रु. १ लाख ११ हजार १ सय ११ सहयोग गरेको छ।

एसोसिएसनले जिल्ला प्रशासन कार्यालय, कास्कीमार्फत रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा विपद्बाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको हो।
विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा मानवीय दायित्व भएको भन्दै एसोसिएसनले सहयोग गरेको एसाेसिएसनका अध्यक्ष अर्जुन थापाले बताए ।