रानाभाट/भाट समाजको गण्डकी प्रदेश प्रमुखमा शर्मिला रानाभाट

काठमाडौं, २१ भदौ । रानाभाट/भाट समाज नेपाल केन्द्रीय समितिले संगठन विभाग गठन गर्दै शर्मिला रानाभाटलाई गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी दिएको छ


समाजको विधान २०४७ (संशोधित २०६९ र २०७३) को धारा १५ को उपधारा ४ मा व्यवस्था भएअनुसार तथा केन्द्रीय समितिको २०८३/४/१० गते बसेको बैठकको निर्णय र अध्यक्षको परामर्शबमोजिम संगठन विभाग गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको हो।


गठित संगठन विभागको उपसंयोजकमा कास्कीका, हाल काठमाडौंमा रहेका शिवलाल रानाभाट र सचिवमा गोरखाका, हाल काठमाडौंमा रहेका रेसम रानाभाट चयन भएका छन्।

 

यसैगरी विभागको सदस्यमा राजु रानाभाट बर्मेलीलाई बागमती प्रदेश प्रमुख, शर्मिला रानाभाटलाई गण्डकी प्रदेश प्रमुख र माधव भाटलाई लुम्बिनी प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ। सुदूरपश्चिम प्रदेश प्रमुख भने पछि मनोनयन गरिने समाजले जनाएको छ।

 

विभागका अन्य सदस्यहरूमा सन्तबहादुर रानाभाट (नवलपुर), गंगा रानाभाट (कास्की), बाबुराम रानाभाट (तनहुँ) र खिमबहादुर रानाभाट (बर्दिया) रहेका छन्।

 

समाजले आवश्यकता अनुसार संगठन विभागमा सदस्य थपघट गर्न सकिने जनाएको छ। विभाग गठनसँगै प्रदेश, जिल्ला तथा इकाई समितिहरूसँग समन्वय गर्दै संगठन विस्तार र सुदृढीकरणका कामलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

 

संगठन विभाग गठनसम्बन्धी जानकारी समाजका सम्पूर्ण प्रदेश, जिल्ला तथा इकाई समितिहरूलाई समेत बोधार्थ पठाइएको जनाइएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...