पोखरा स्पोर्टस अवार्डका मनोनयन सार्वजनीक

पोखरा स्पोर्टस अवार्डका मनोनयन सार्वजनीक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने पाँचौ पोखरा स्पोर्टस अवार्ड अन्र्तगत वर्ष पुरुष,वर्ष महिला उत्कृष्ट खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, उदियमान खेलाडी विधानको मनोनयन सार्वजनीक गरिएको हो ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गरी मञ्चले मनोनयन सार्वजनीक गरेको हो । त्यस्तै आइफ टाईम अचिभमेन्ट अवार्ड र उत्कृष्ट खेल संघको नाममा भने पछि सार्वजनीक गरिने मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो । यी हुन मनोनयन सार्वजनीक गरिका विधा ।

वर्ष खेलाडी पुरुष
१.नवीन रसाइली
(कराते) २.विनेश खनियाँ
(टेबलटेनिस) ३. सुमन अर्याल
(फुटबल)
वर्ष खेलाडी महिला
१. जमुना थापा
(साइक्लिङ) २. पार्वती गुरुङ
(तेक्वान्दो) ३. प्रशंसा क्षेत्री
(तेक्वान्दो)
उदियमान खेलाडी
१. दुवाना लामा
(पौडी) २. प्रदीप खड्का
(लनटेनिस) ३. विपीन खत्री
(क्रिकेट)
उत्कृष्ट प्रशिक्षक
१. आनन्द कुँवर
(पौडी) २. किरण श्रेष्ठ
(फुटबल) ३. सुरेश मल्ल ठकुरी
(बक्सिङ)
पुरस्कार ः
१. लाइफटाइम अचिभमेन्ट अवार्ड (चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला)
२. वर्ष खेलाडी पुरुष (नगद २,००,००० ट्रफी र दोसल्ला)
३. वर्ष खेलाडी महिला (नगद २,००,०००, ट्रफी र दोसल्ला)
४. वर्ष उत्कृष्ट उदियमान खेलाडी (नगद ३५,००० ट्रफी र दोसल्ला)
५. वर्ष उत्कृष्ट प्रशिक्षक (नगद ३५,००० ट्रफी र दोसल्ला)
६. वर्ष उत्कृष्ट खेल पत्रकार (नगद ३५,०००, ट्रफी र दोसल्ला)
७. वर्ष उत्कृष्ट खेलकुद संघ (नगद ३५,००० ट्रफी र प्रमाणपत्र)
उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई अघिल्ला वर्षहरुमा झैं ट्रफी र उपहारहरु प्रदान गरिनेछ ।
सहयोगीहरु ः
राष्ट्रिय खेलकुद परिषद् (राखेप), गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, कास्कीका माछापुच्छे, अन्नपूर्ण, मादी र रुपा गाउँपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिकाले सहयोगको प्रतिबद्धता भैसकेको छ । यस्तै, पोखरा लेकसिटीका तर्फबाट निर्देशक डा. विष्णु नेपालीले लाइफ टाइम अचिभमेन्ट अवार्डवापत ४० हजार, माई होटल, लेकसाइडतर्फबाट प्रबन्ध निर्देशक तोरणबहादुर बानियाँले उदियमान खेलाडीलाई प्रदान गरिने ३५ हजार र पोखरा रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको स्मृतिमा उहाँको परिवारजनबाट पत्रकारलाई प्रदान गरिने अवार्डमा नगद ३५ हजार रुपैयाँ प्रायोजन सम्झौता भएको छ । साथै पोखरा सभागृहचोकमा सञ्चालित मुगलान रेष्टुरेन्ट स्पोर्टस् अवार्डमा रेष्टुरेन्ट पार्टनररुपमा जोडिएको सहर्ष जानकारी गराउँदछौं । यसबाहेक विभिन्न संघसंस्था तथा व्यक्ति विशेषले सहयोगको आश्वासन दिनुभएको छ । सहयोग विवरण आगामी दिनमा जानकारी दिँदै जाने छौं ।
अवार्ड तयारीका समिति ः

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...