प्रचण्डलाई एमाले नेतृ शान्ता चौधरीको प्रश्न अदालतको दैलोमा गएर के गर्नु ?

पोखरा, चैत १८ गते ।नेकपा एमालेकी नेतृ शान्ता चौधरीले नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पार्टी एकता जोगाउने प्रयास गरेको भए अदालतको दैलोमा जानुपर्ने अवस्था आउने थिएन भन्नुभएको छ । चौधरीले बुधबार विहान सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ,क प्रचण्ड, अदालतले पार्टी एकता गरि दिने हो र? साच्चै एकिकृत पार्टी निर्माण गर्न चाहेको भए पार्टी एकताका आधारभुत कामहरु गर्नु पर्ने थियो ।

उहाँले देशब्यापी संगठन निर्माणमा लाग्नु पर्ने थियो, अहिले आएर अदालतको दैलोमा अहिले जानै पर्दैनथ्यो। उतिबेला आफ्नो पद र स्वार्थ भन्दा माथि उठ्न सकेको भए र एकतालाई जोगाउने प्रयास गरेको भए अर्कै माहोल सिर्जना हुने थियो भन्नुभएको छ । उहाँले प्रचण्डलाई कमरेडले एकताको मर्म विपरित गतिविधि गर्नुभयो त्यतिबेला । अब चै अदालतको दैलोमा गएर के गर्नु ? प्रतिप्रश्न गदै आत्म आलोचित हुनुहोस र नया ढंगले देश र जनतालाई केन्द्रमा राखेर एकताको प्रयत्न गर्न सुझाव दिनुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...