पोखरा, चैत १९ गते ।नेकपा एमालेको माधब नेपाल समुहको भेला पोखरामा सुरु भएको छ । पोखराको न्यूरोडस्थित सिटि पार्टी प्यालेसमा भैरहेको छ । भेलामा माधव नेपाल र सुरेन्द्र पाण्डे सहित तुलबहादर गुरुग, चुडामण्ी जंगली, श्रीनाथ बराल र मदनकाजी श्रेष्ठ मञ्चमा बसेका छन् । भेलामा कास्कीका माधव नेपाल निकट कार्यकताको सहभागीता रहेको छ ।
गण्डकी प्रदेश एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीको बलियो पकड क्षेत्र हो । गण्डकी प्रदेशको कास्की सबैभन्दा बलियो जिल्ला हो ओलीको । यहाँ माधव नेपाल समुह सधै कमजोर मानिन्छ । कास्कीमा ओली समुहकै दबदबा रहेको छ । प्रतिनिधि सभा विगठन भएपछि एमाले र माओबादी मिलेर बनेको नेकपाको प्रचण्ड माधव नेपाल समुहले देशका प्रमुख सहरमा आमसभा आयोजना गरेपनि कास्कीमा भने गर्न सकेन् ।
सुरुआती समयदेखि नै नेकपा एमाले र त्यसमा पनि ओली पक्षको दबदबा रहेको यस क्षेत्रमा सर्वोच्च अदालतले एकीकृत पार्टीलाई पुरानै अवस्थामा पुर्याइदिएपछि यहाँ एमालेभित्रको माधव पक्ष झनै कमजोर हुन पुग्यो ।आफूइतर गतिविधिमा लागेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यसमेत नरहने गरी ६ महिनाका लागि वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरिसकेका छन । पार्टीको कारबाहीमा परेपछि पहिलो पटक नेपाल पोखरा आएका हुन् । पार्टीबाट कारबाहीमा परिसकेपछि माधव नेपाल पहिलो पटक उपत्यकाबाहिरको कार्यक्रममा सहभागी हुन पोखरा आएका हुन । ओली पक्षको दबदबा रहेको ठाउँमै पहिलो कार्यक्रममा सहभागी हुन आएका नेपालको उपस्थितिलाई अर्थपूर्ण रुपले हेरिएको छ ।