नेपालमा चाैबीस घण्टामा ३५ जनाकाे मृत्यु,चार हजार ८३१ जना सङ्क्रमित

काठमाडौं, वैशाख १६ गते । नेपालमा कोरोना भाइरसका चार हजार ८३१ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १२ हजार ५९७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा चार हजार ८३१ जनामा सङक्रमणको पुष्टि भएको हो ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या तीन लाख १७ हजार ५३० पुगेको छ । पछिल्लो चौबीस घण्टामा ९६३ जनाको एन्टीजेन परीक्षण गरिएको छ । एन्टीजेन परीक्षण गरिएकोमा ९७ जनामा पोजिटिभ देखिएको छ । त्यस्तै चाैबीस घण्टामा ३५ जनाकाे मृत्यु भएकाे छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...