्पोखरा, बैशाख २९ गते । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पूर्न पृथ्वीसुब्बा गुरुङ नियूक्त हुने भएका छन् । गण्डकी प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता गुरुङ मुख्यमन्त्री बन्ने भएका हुन् । प्रदेश प्रमुख सिता पौडेलले प्रदेश सभाको सबै भन्दा ठुलो दल एमालेलाई अल्पमतको सरकार गठन गर्न आव्हान गरेपछि गुरुङले दोश्रो पटक मुख्यमन्त्री बन्ने भएका हुन । जै सपथ खाने तयारी भैरहेको छ । बैशाख २६ गते गुरुङले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले राजीनमा दिएपछि बहुमतको सरकार गठनका लागी तीन दिनको समयसीमा तोकिएको थियो ।

समसीमा आज साँझ चार बजे सकिएको छ । यता गण्डकी प्रदेशमा काँग्रेसका कृष्णचन्द्र पोखरेल बहुमत दावी गदै मुख्यमन्त्री नियूक्त गर्न आग्रह गरेका छन् । प्रदेश प्रमुखले दिएको तीन दिनको समयसीमा सक्किने वित्तिकै काँग्रेस संसदीय दलका नेता पोखरेलले आफुसंग बहुमत रहेको भन्दै मुख्यमन्त्री नियूक्त गर्न प्रदेश प्रमुख समक्ष आग्रह गरेका हुने ।
बुधबार प्रदेश प्रमुख सीता पौडेललाई पत्र लेखी उनले आफूलाई नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टी २ सांसदको समर्थन रहेको उल्लेख गरेका छन् । तर उनले दावी पेश गरेपनि जनमोर्चाका सांसद कृष्ण थापाले हस्ताक्षर गरेका छैनन् । उनले काँग्रेस नेतृत्वमा हस्ताक्षर नगर्ने बताउदै अस्वीकार गरेपछि जनमोर्चाले आज उनलाई संसदीय दलको नेताबाट समेत हटाएको छ । उनले आफुलाई गरेको कारबाहीलाई बैधानिकता नदिन भन्दै प्रदेश पमुख सीता पौडेल समक्ष पत्र बुझाएका छन् ।