सदस्य भुजेलको निधनमा उद्योग वाणिज्य संघ स्तब्ध

पोखरा, जेठ ७ गते । पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य ( बस्तुगत) रुपनारायण भुजेलको शुक्रबार भएको असामयिक निधनले हामी स्तब्ध तथा मर्माहत भएका छौं ।


उहाँको निधनबाट पोखरा उद्योग वाणिज्य संघले आफ्ना क्रियाशिल सदस्य मात्रै गुमाएको छैन, समाजबाट नै एक अग्रणी व्यक्ति खोसेर लगेको छ ।
स्वर्गीय भुजेल पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य,मदिरा व्यवसायी समिति कास्कीका निवर्तमान अध्यक्ष एवं विभिन्न सामाजिक संघ÷संस्थाको नेतृत्वदायी भूमिकामा रहनु भएको थियो ।

दुःखको यो घडीमा पोखरा उद्योग वाणिज्य संघ उहाँको देहमुक्त आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...