पोखरा, जेठ ११ गते ।गण्डकी प्रदेश सभाको बैठक जेठ १६ गतेका लागि आह्वान गर्न गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले जेठ १६ गते आइतबार १ बजे पोखरा सभागृहमा बस्ने गरी बैठक आह्वानका लागि नेपालको संविधानको धारा १८३ को उप धारा २ बमोजिम प्रदेश सभाको बैठक आह्वान गर्न प्रदेश प्रमुख सीता कुमाी पौडल समक्ष सिफारिस गर्ने निणय गरेको प्रदेश सरकारका प्रवत्ता रामशरण बस्नेतले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा दोश्रो पटक नियूक्त भएका मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिने प्रयोजनका लागि बैठक आह्वान गरिएको हो । गत बैशाख २६ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुगले मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो । उहाँको राजीनामापछि बहुमती सरकार गठनका लागि तीन दिनको समयसीमा तोकेर प्रमुख प्रमुखले नयाँ सरकार गठनका लागी आह्वान गरेकी थिइन् । तर बहुमत पुर्याउन नसकेपछि प्रदेश प्रमुखले प्रदेश सभामा धेरै सदस्य रहेका पृथ्वीसुब्बा गुरुगलाई पून मुख्मन्त्री नियूक्त गरेकी थिइन् । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके गण्डकी प्रदेश सभाले नयाँ प्रक्रियामा जाने छ ।
त्यस्तै मन्त्रीपरिषद बैठले भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयको सडक निर्माण सम्वन्धि विधेयकलाई सैद्धान्तिक सहमती दिने निर्णइ भएको उनले बताए ।