गण्डकीमा शुक्रबार ३० जनाको मृत्यु, ८०८ नयाँ संक्रमित थपिए

पोखरा, जेठ १४ गते । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको ह्वत्तै बढेको छ । बिहिबार ३० जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनीक गरेको पछिल्लो विवरण अनुसार विभिन्न अस्पताल र होम आइसोलेसनमा गरी उपचाररत ३० जनाको मृत्यु भएको हो । यो मृत्युदर गण्डकी प्रदेशमा अहिलेसम्कै धेरै हो । गण्डकी ११ जिल्ला मध्य कास्कीमा १२ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै स्यांजाका ६ जना, पर्वतका ४ जना, तनहुँका २ जना, तनहुँका २ जनाको मृत्यु भएको छ ।

यस्तै गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ८०८ संक्रमित थपिएका छन । थपिएका मध्य कास्कीमा २०९ जना, बागलुंका १३२ जना, तनहुँका ५४ जना, म्याग्दीका १२ जना, गोरखाका ७७ जना, लमजुंका ४ जना, स्यांजाका ५१ जना,नवलपरासीमा १३४ जना, पर्वतका १३३ जना कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा एकै दिन ७७० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

केही दिनयता गण्डकीमा कोरोना संक्रमण मुक्त हुनेको संख्या बढेको छ । गण्डकीमा ४०४९५ जना संक्रमित भएका छन भने ती मध्य २८५९६ जना कोरोना मुक्त भएका छन् । गण्डकीमा संक्रिय संक्रमितको संख्या ११२७५७ रहेको छ भने ती मध्य १०५८५ होमआइसोलेसनमा छन् । कोरोनाले गण्डकीमा अहिलेसम्म ६२४ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...