आठ लाख डोज खोप लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौँ आइपुग्यो

काठमाडौँ, जेठ १८ गते । नेपाल एयरलाइन्सको जहाज बेइजिङबाट भेरोसेल खोप लिएर काठमाडौँ आइपुगेको छ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप लिएर एयरलाइन्सको जहाज काठमाडाैंमा अवतरण गरेकाे नेपाल वायुसेवा निगमका प्रमुख डिम पाैडेलले बताउनुभयाे ।

साे जहाज हिजो बेइजिङ गएको थियो । जेठ १२ गते राष्ट्रपति विद्यादेवि भण्डरीले गरेको आग्रहमा चिनियाँ राष्ट्रपति सि जिनपिङले ८ लाख खोप नेपाललाई अनुदानमा दिने घोषणाअनुसार सो खोप नेपालले ल्याएको हो ।खोप ल्याएको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । उक्त खोप चीनको सिनोफार्म कम्पनीले विकास गरेको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...