राजा वीरेन्द्रको वंशनास भएको २० वर्ष पुरा

पोखरा, जेठ १९ गते ।तल्कालीन राज वीन्द्र शाह सहित उहाँको परिवारको हत्या भएको आज २० वर्ष पुरा भएको छ । उक्त घटनालाई दरबाद हत्याकाण्ड भन्ने गरिन्छ । २०५८ जेठ १९ गते रातीको समयमा नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहसहित उहाँको वंशनास हुने गरी हत्याकाण्ड मच्चाइएको थियो ।

हत्याकाण्डमा राजा, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुती र अधिराजकुमार निराजन शाहको हत्या भएको थियो । उहाँहरुसँगै दरबारका सदस्य तथा आफन्तहरुमध्ये दर्जनबढीले ज्यान गुमाउनु भएको थियो ।

उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारजस्तो संवेदनशील ठाउँमा देशको राजासहित राजपरिवारका सदस्यको हत्याको कारण अहिलेसम्म रहस्यमै छ । तत्कालीन छानविन समितिले युवराज दीपेन्द्रले आफ्नो परिवारका सबै सदस्यलाई गोलीले उठाएको र आफूले पनि टाउकोमा गोली हानेर निधन भएको निष्कर्ष निकाले पनि जनताले अहिलेसम्म त्यो तर्कलाई पत्याउन सकेकका छैनने ।

 

राजा वीरेन्द्र जनतामाझ निकै लोकप्रिय हुनुहुन्थ्यो । उहाँ उदार र सरल स्वभावको भएका कारण जनतामा लोकप्रिय बन्नुभएको थियो ।उहाँको हत्यापछि ज्ञानेन्द्र शाह राजगद्धीमा आसीन भए पनि टिकाउ हुन सकेन् ।शासन सत्ता हातमा लिएपछि राजनीतिकहरुले जनआन्दोलन मार्फत राजतन्त्रको अन्त्य गदै गणतन्त्र स्थापना गरेका थिए । राजा भएको ७ वर्षमै २०६५ जेठ १५ गते मुलुकमा राजतन्त्रको समाप्ती भयो । ज्ञानेन्द्र नेपालको शाहवंशीय अन्तिम राजा बने । हाल उनी नागरिकका रुपमा रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...