दुई स्वर्ण पदक सहित शिल्पकार बने अस्ट्रेलियामा च्याम्पियन

शिल्पकार आईसीएन वर्ल्डवाइड बॉडीबिल्डिंग चैम्पियनशिप २०१९ स्वर्ण पदक बिजेता हुन् ब्रिसबेन मा आयोजित आइ.न.ब.ए.  राष्ट्रिय च्याम्पियनशिप मा सुजन शिल्पकार दुई स्वर्ण पदक र  एक सिल्वर पदक सहित राष्ट्रिय चैम्पियन बनेका छन्। पुरुष फिजिक्स नोभिसमा पहिलो (गोल्ड), पुरुष फिजिक्स उचाई वर्गमा दोस्रो (गोल्ड) र  पुरुष फिजिक्स ३० प्लस मा सिल्वर पदक  सहित शिल्पकार नेशनल अस्ट्रेलिया का चैम्पियनशिप आफ्नो हात मा परेका हुन्।

शिल्पकार आईसीएन वर्ल्डवाइड बडीबिल्डिंग चैम्पियनशिप २०१९ स्वर्ण पदक बिजेता हुन् भने तस्मानियामा आईसीएन स्टेट बडीबिल्डिंग मा चैम्पियनशिपमा भाग लिई स्वर्ण पदक आफ्नो नाम मा परिसेकाका छन्।

 

शिल्पकार आईसीएन राष्ट्रिय च्याम्पियनशिप र आईसीएन विश्वव्यापी च्याम्पियनशिप को तयारी मा छन्। बिदेसी भुमि मा भएर पनि नेपाल को शान उज्जल परेका सुजन लाई आगामी दिन मा सफलताको कामना।स्वास्थ्य नै  धन हो , हामी धेरै काम मा भागदौड गर्दा आफ्नो स्वास्थ्य को लागि पनि समय छुट्टाउनु  बिर्सेका त छैनौ ?

 

शिल्पकार थप भन्छन – व्यक्तिगत जीवन, व्यावसायिक जीवन, र जिम जीवनको बीचमा आफ्नो समय व्यवस्थापन  गर्नु आजको आवश्यकता हो  । मैले आफ्नो दिनचर्यामा स्वास्थ्य पनि  समावेश गरेको छु – त्यसैले मैले काम र परिवारका लागि समय छुट्याएझैं म पनि जिमको लागि समय छुट्याउँछु।

ब्रिसबेन । अस्ट्रेलियाको ब्रिसबेनमा २९ मे शनिवार भएको आइएनबिए नेसनल अस्ट्रेलिया च्याम्पेनसिपमा नेपाली मुलका युवा सुजन सिल्पकारले दुईवटा गोल्ड एक सिल्भर मेडल जित्न सफल भएका छन् ।

 

सिल्पकारले म्यान्स फिजिक्स नोभिसमा गोल्ड मेडल, मेन्स ओपन हाइट क्लासमा अर्को गोल्ड र मेन्स फिजिक्स ३० प्लसमा सिल्भर मेडल जितेका हुन् । अस्ट्रेलियाभरिका करिव २ सय भन्दा बढी प्रतिस्पर्धीलाई पछाडी पार्दै सिल्पकारले यो उपाधी जितेका हुन् ।

 

नेपालको पोखरामा जन्मिएको सिल्पकार २००९ मा अस्ट्रेलिया आएका थिए । १६ बर्षको उमेर देखिनै जीम जान शुरू गरेका   सिल्पकार २०१९ देखि आइसिएन प्रतियोगितामा सहभागी भैरहेका छन् ।

 

२०१९ मा तास्मिानियामा भएको प्रतियोगितामा उनले दुइवटा गोल्डमेडल पाएका थिए भने फिजिक ओपनमा उनी पाँचौ स्थानमा थिए । त्यसपछि अस्ट्रलियाका बिभिन्न सहरहरुमा भएका प्रतियोगिताहरुमा सिल्पकारले उत्कृष्ट प्रदर्शन गरेर धेरै पदकहरु जितेका छन् ।

 

उनले २०१९ मा मेलबर्नमा भएको विश्व बडिबिल्डिङ प्रतियोगितामा एक गोल्ड र एक सिल्भर मेडल पनि जितेका थिए । याे प्रतियोगितामा १८ देशका ७६८ खेलाडीहरू सहभागी भएका थिए ।

 

सिप्लकारले भने, “अबको मेरो लक्ष्य भनेको २०२१ मा दक्षिण कोरियामा हुने आइसिएन बिश्व च्याम्पियनसिपमा सहभागि भएर गोल्ड मेडल जित्ने रहेको छ ।”सिल्पकार अहिले पर्सनल फिटनेस ट्रेनर बिषयको अध्ययन गरिरहेका छन् । भबिष्यमा पर्सनल फिटनेस ट्रेनर भएर काम गर्ने उनलको लक्ष्य रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...