मौसमका कारण गण्डकीका मुख्यमन्त्री पोखरेल मनाङमै रोक्किए

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टोली अहिले मनाङ सदरमुकाम चामेमा रोक्किएका छन् । मौसममा आएको खराबीका कारण मुख्यमन्त्री सहितको टोली रोक्किएको हो । गण्डकी प्रदेश सरकार प्रवत्ता कुमार खड्काले मुख्यमन्त्री आज फर्कन नसक्ने भएकाले धेरैजनाले विश्वासको मतका बारेमा जिज्ञाशा राखेको भन्दै मौसममा सुधार भए उहाँहरु भोलि बिहानै आउनुृहुन्छ र संसदको कारवाही अगाडि बढ्छ ।


आउन नसक्नुभएमा अर्को दिनको कार्यसूचीमा राखिने उल्लेख गरेका छन् । यसका बारेमा संसद सचिवालयमा कुरा भइसकेको उनले स्पष्ट पारेका छन् ।विश्वास मत सम्बन्धी प्रस्ताव मुख्यमन्त्रीले नै टेबल गर्नुपर्ने भएकाले संसदमा उहाँको उपस्थिति अनिवार्य रहन्छ प्रवत्ता खड्काले भने ।

 

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, मन्त्रीज्यू र माननीयसहितको टोली राहत सामग्री लिएर हेलिकोप्टरमा मनाङ सदरमुकाम चामेमा छ ।गृह मन्त्रालयकै समन्वयमा प्रदेश सरकारले नेपाली सेनाको हेलिकोप्टर प्रबन्ध गरेकाे ।
अहिले मनाङको मौसममा एक्कासी बदली भएकाले हेलिकोप्टर उद्धारमा पनि खटिन पाएको छैन ।नेपाली सेनाको हेलिकोप्टर उद्धारमा खटिने र प्रभु एअरको हेलिकोप्टरमा माननीय मुख्यमन्त्रीज्यूहरु फर्किने योजना थियो ।प्रभु एअरको हेलिकोप्टर पनि अहलिे मनाङका बगरछापमा ल्यान्डिङ भएको छ । मुख्यमन्त्रीज्यूसहितको टोली चामेमै सुरक्षित अवस्थामा छ ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...