काठमाडाैं, असार ७ गते । पछिल्लो २४ घण्टामा थप एक हजार ५८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छ हजार ५८३ जनामा गरिएको पीसीआर परीक्षणमा साे संख्यामा संक्रमण पुष्टि भएको हाे ।

यस्तै, चारहजार ३२१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७१३ जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ४६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस संक्रमणका कारण ८७७२ जनाको मृत्यु भैसकेको छ ।
तीन हजार १३० जना संक्रमण मुक्त भएका छन् । अहिलेसम्म ८९.९ प्रतिशत संक्रमण मुक्त भएका छन् ।