पोखरा, असार १२ गते । कास्कीको मादी गाउँपालिकाका बाढि पहिरो प्रभावितलाई राहत रकम वितरण गरिएको छ । गत जेठ ३१ र असार १ गतेको आएको बाढिले क्षती पुर्याएकाहरुलाई शनिबार राहत वितरण गरिएको मादी गाउँपालिकाले जनाएको छ । गाउँपालिका अन्र्तरगत मादी नदिमा आएको बाढीले वडा नं १ र ६ का ११ घरधुरी विस्थापित भएका छन् ।

प्रभावितलाई निवर्तमान गृहमन्त्री खगराज अधिकारी, गण्डकी प्रदेशका सभासद मनबहादुर गुरुङ्ग, मादीगाऊँपालीकाका अध्यक्ष बेदबहादुर गुरुङ्ग, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम , सहायक प्रमुख जिल्ला अधिकारी नाथ अधिकारी, मादीगाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद सापकोटा लगायतको उपस्थितिमा र राहत वितरण गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयबाट १५ हजार र मादी गाउँपालिकाको कार्यालयबाट २०हजार गरी जनही ३५ हजारका दरले पीडितहरुलाई राहत रकम प्रदान गरिएको हो । बाढिले पुर्णरुपमा विस्थापितहरुलाई पुर्नबासका लागी केन्द्रीय विपत व्यवस्थापन कोष बाट जनही रु ३ लाख ६० र मादी गाउँपालिकाबाट रु ४० हजार गरी ४ लाख रुपैयाँ वितरण गरीने गाउँपालिकाले अध्यक्ष बेदबहादुर गुरुङ्गले बताउनु भयो ।