गण्डकीमा बढयो मृत्यु र संक्रमणदर, बुधबार ८ को मृत्यु, ६२५ थपिए

पोखरा, साउन १३ गते ।कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ८ जनाको मृत्यु भएको हो ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा बुधवार कास्कीका ४, स्याङजामा २ तथा बागलुङ र नवलपरासीपूर्वका १÷१ गरी ८ जनाको मृत्यु भएको हो । बुधवार थपिएका ८ जनासँगै प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या १०७४ पुगेको छ । प्रदेशमा केही दिनयता मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

 

त्यस्तै प्रदेशमामा आज ६२५ नयाँ संक्रमित थपिएका छन् । गण्डकीमा केहीदिन यता सक्रमितको सख्या ह्वत्तै बढेको छ । निर्देशनालयद्धारा जारी विवरण अनुसार आज थपिएका मध्ये सबैभन्दा बढी संक्रमित कास्कीमा २५५ जना नयाँ संक्रमित थपिएका हुन् ।थपिएका मध्य म्याग्दीमा ३२, पर्वतमा २१, गोरखामा ४७, लमजुङमा २०, तनहुँमा ६०, कास्कीमा २५५, वाग्लुङमा ६३, स्याङजामा ५० र नवलपरासीपूर्वमा ७७ जना गरी ६२५ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये २९० जना महिला र ३३५ जना पुरुष रहेका छन् ।

 

बुधवार थपिएका ६२५ जनासँगै प्रदेशमा हालसम्म ६६ हजार २८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ६१ हजार ३७० जना निको भइसकेका छन् ।प्रदेशमा हाल ३८४५ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ३५३२ जना रहेका छन् भने अन्यको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन सेन्टरमा उपचार भइरहेको निर्देशनालयद्धारा जारी विवरणमा उल्लेख छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...