बाढी पहिरोबाट ६६ को मृत्यु, ४० जना बेपत्ता

पोखरा, साउन १८ गते। पछिल्लो समय बाढी पहिरो तथा प्राकृतिक विपत्तिले विभिन्न जिल्लामा क्षति भएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिनुभएको छ । मनसुनजन्य विपत्तिले ६६ जनाको मृत्यु, ४० जना बेपत्ता र ८१ जना घाइते भएको उहाँले बताउनुभयो ।

त्यस्तै, ६१९ घर पूर्ण क्षति १६२ घरमा आंशिक क्षति पुगेको पनि उहाँले जानकारी दिनुभयो । सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची, लार्के, इन्द्रावती नदीमा आएको बाढीले ५ जनाको मृत्यु, २० जना बेपत्ता र ६ जना घाइते भएको पनि उहाँले जानकारी दिनुभयो । त्यस्तै, ३३८ घर पूर्ण क्षति, सातवटा पुल, १४ झुलुङ्गे पुलमा क्षति पुगेको पनि गृहमन्त्री खाँणले जानकारी गराउनुभयो ।

 

मेलम्चीमा पटक पटक बाढी पहिरो आउनुको कारणबारे पत्ता लगाउन विज्ञको टोली परिचालन गरिएको पनि गृहमन्त्री खाँणले सभा बैठकलाई जानकारी गराउनुभयो । हेलम्बु क्षेत्रमा पुग्ने राजमार्गमा पनि पूर्णतः क्षति पुगेकाले वैकल्पिक बाटोको प्रयोग भइरहेको पनि उहाँले बताउनुभयो । मेलम्ची खानेपानी आयोजनामा पनि बाढी पहिरोले ठूलो क्षति पुगेको र त्यसबारे अध्ययन अनुसन्धान भइरहेको उहाँले जानकारी गराउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...