पोखरा, साउन २१ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेपालमा कोरोना संक्रमण एक डेढ वर्षसम्म जान सक्ने बताए । नेपाली कांग्रेस कास्कीका पुराना कार्यकर्ता रामचन्द्र केसीको १३ औं पुण्यतिथिमा पोखरामा बिहिवार आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उनले खोप लगाएका व्यक्तिबाट बढी संक्रमण फैलिने डर रहेको बताए ।
उनले भने, ‘खोप लगाएका हामीहरु आफू सुरक्षित छु भन्दै स्वास्थ्य सुरक्षा मापदण्ड पालन नगर्दा खोप लगाएका व्यक्तिमा पनि संक्रमण बढ्ने डर बढिरहेको छ ।’नेता थापाले अझै हाम्रा लागि केही महिना ठूलो चुनौतीका रुपमा रहने हुँदा सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने बताए । सबै उमेर समूहका नागरिकले कोरोना खोप नलगाएसम्म संक्रमणको चुनौती रहीरहने उनको भनाइ थियो ।
नेता थापाले स्व. सूर्यबहादुर केसीलाई नेपाली काँग्रेसले उच्च स्थान दिएको हुँदा उहाँको परिवारजन पनि राजनीतिमा सक्रिय हुन समेत सुझाव दिनुभयो । नेपाली काँग्रेस पोखरा वडा १४ का इकाइ सभापति बोधराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रमा कांग्रेस कास्की नेता शुक्रराज शर्मा, पूर्वमन्त्री यज्ञ थापा, कांग्रेस कास्कीका सभापति कृष्ण केसी, केसी परिवारतर्फबाट रोशन केसी लगायतले स्व. रामचन्द्र केसीले काग्रेसको इमानदार कार्यकर्ता रहेको समेत बताउनुभएको थियो ।
विगतमा बिपि कोइरालासँग नजिक रहेर काम गरेका स्व. रामचन्द्र केसीको कोरोना संंक्रमणका कारण ६२ वर्षको उमेरमा गत साउन ९ गते निधन भएको हो । उनी स्व. सूर्यबहादुर केसीका भाई हुन ।