तमु धिं नेपालले साँस्कृतिक पर्व ट्होटें सांकेतिक रुपमा मनायो

पोखरा, साउन २६/प्रत्येक वर्ष चैत्रको अन्तिम मंगलवार र साउनको अन्तिम मंगलवार धुमधामका साथ सामुहिकतामा मनाइने तमु समुदायको परम्परागत साँस्कृतिक पर्व विगत दुई वर्षदेखि तमु धिं नेपालले सांकेतिक रुपमा मनाउदै आएको छ। कोरोना कहरको बिच तमु धिं नेपालले तमु समुदायको परम्परागत साँस्कृतिक पर्व ट्होटें साउनको अन्तिम मंगलवार सांकेतिक रुपमा मनाएको हो। सँस्कृतिको संरक्षण, निरन्तरताका लागि सिमित संख्या मै भए पनि भौतिक दुरी कायम गर्दै सांकेतिक रुपमा पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा सांकेतिक रुपमा ट्होटें मनाइएको हो।


तमु धिं नेपालको कार्यसमिति, उपसमितिका अगुवाहरु, केही समाजका प्रतिनीधिहरुको मात्र उपस्थितीमा समाजसेवी, सिमपानी तमु समाजका अध्यक्ष नासु गंगाबहादुर गुरुङको प्रमुख आतिथ्यतामा ट्होटें पर्व मनाइएको हो।प्रमुख अतिथि गुरुङले धुप हाली शुरु गरिएको ट्होटें पर्व बाजा गाजासहित तमु धिं भवनहरु भित्र, तमु धिं परिसर, उपल्लो सिद्धमार्ग हुदै सेतीको छेउमा ट्होटेंको अन्त्य गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि नासु गंगाबहादुर गुरुङले दुई वर्ष अघिदेखिको कोरोनाको कहरलाई ट्होटेंले धपाउन सकोस भन्नुहुदै तमुहरुको एकता, सचेतना बिना न अधिकार प्राप्त गर्न सक्दछ न त पहुँचमा पुग्न सक्ने बताउनुभयो। एकता बिना शक्ति प्राप्त, शक्ति बिना अधिकार प्राप्त नहुने र अधिकार प्राप्त नहुदाँ मौलिक संस्कृतिहरु संरक्षणको अभावले लोप हुदै जाने दावी गर्नुभयो। तमु समुदायले संस्थागत ढंगबाट आफ्नो मौलिकता, कला, भाषा, संस्कार सँस्कृति संरक्षणमा ठुलो भुमिका खेलेको भन्दै तमु धिं नेपालले थप क्रियाशिलताका साथ अघि बढ्नुपर्ने सुझाव दिनुभयो।

तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा द्धितिय उपाध्यक्ष नारायण गुरुङले ट्होटें पर्वको महत्व र वर्तमान परिवेशबाट प्रप्ट पार्नुभएको थियो भने प्रथम उपाध्यक्ष गिमाया गुरुङले स्वागत र महासचिव जुनाकुमारी गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...