महन्थ ठाकुर पक्षले नयाँ पार्टी गठन गर्ने ,नाम ‘जसपा नेपाल लोकतान्त्रिक’ राख्ने तयारी

काठमाडौं, भदौ २ गते । जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर पक्षले नयाँ पार्टी गठन गर्ने भएको छ । ठाकुर पक्षको बैठकले नयाँ पार्टीको नाम ‘जसपा नेपाल लोकतान्त्रिक’ राख्ने निर्णय गर्न लागेकाे जसपाका एक नेताले बताउनुभयाे  । त्यसका लागि अहिले ठाकुर पक्षका नेताहरुको बैठक बसिरहेको छ ।


ठाकुर पक्षका अनुसार जारी अध्यादेश पहिला राजपत्रमा प्रकाशित हुनुपर्छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणिकरण भयो तर राजपत्रमा प्रकाशित भएको छैन । राजपत्रमा प्रकाशित भएपछि मात्रै नयाँ पार्टी दर्तामा जान्छौं । राजपत्रमा आजै प्रकाशित भए ५ बजेसम्म निर्वाचन आयाेगमा जाने तयारी रहेकाे ती नेताले बताउनुभयाे ।

राष्ट्रपति भण्डारी संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने अध्यादेश प्रमाणिकरण गर्नुभएपछि ठाकुर पक्ष नयाँ दल दर्ताको तयारीका जुटेको हो ।गत साउन ११ गते निर्वाचन आयोगले जनता समाजवादी पार्टी ९जसपा० उपेन्द्र यावदलाई आधिकारिकता दिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...