लमजुङमा आगलागी हुँदा  दम्पतीको निधन

लमजुङ, भदौ १५ गते । लमजुङमा आगलागी हुँदा  दम्पतीको निधन भएको छ । मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ९ सेग्लेमा धन्सारमा बस्दै आएका दम्पतिको निधन भएको प्रहरीले जनाएको छ ।

राती १ बजेतिर एक्कासि धन्सारमा आगलागी हुदा ५६ बर्षिय धर्मराज भन्डारी र उनको श्रीमती पशुपति भन्डारीको निधन भएको प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताउनुभयो । उनिहरुको घटनास्थलमै निधन भएको कर्कीले बताउनुभयो । घरमा राखिएको खाना पकाउने ग्यास विस्फोट भएर आगलागी भएको हुन सक्ने कार्कीले बताउनुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...