लेखनाथ उद्योग बाणिज्य संघको निर्वाचनमा बामपन्थी गठबन्धन

लेखनाथका व्यवसायीहरुको छाता संगठनको रुपमा लिइएको लेखनाथ उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि मतदान हुन केही समय बाँकी रहँदा राजनितिक दलको स्थानीय नेतृत्वले चर्को धु्रबिकरण गरेका छन् ।विशेष गरी बामपन्थी दलहरु नेकपा एमाले र नेकपा माओवादीकेन्द्रको स्थानीय नेतृत्वले चुनावी परिणाम आफ्नो पक्षमा पार्न गठवन्धन गर्ने निर्णय गरेका हुन ।
नेकपा एमाले र माओवादी केन्द्रका महानगरस्तरिय नेताहरुले बरिष्ठ उपाध्यक्ष देखी पदाधिकारी पद सवै र कार्यसमितिका सदस्यमा वामपन्थि निकटलाई जिताउन मोर्चा कसेका हुन ।केन्द्रिय राजनितिमा भने नेकपा एमाले र माओवादी केन्द्र फरक धारमा रहेपनि संघको निर्वाचनमा माओवादीका लागि त्यो भने संभव नदेखिएको हो । माओवादी केन्द्रका उम्मेदवारका विरुद्ध कग्रेसकै उम्मेदवार उठेका कारण माओवादीलाई संघको निर्वाचनमा नेकपा एमालेसँगको सहकार्य सहज भएको हो ।
माओवादी निकटका व्यवसायी द्धितिय उपाध्यक्षमा गोपीचन्द्र बास्तोला र कोषाध्यक्षमा रामजी पौडेलले उम्मेदवारी दिएका छन् । ती पदमा नेपाली काग्रेसका निकटका व्यवसायी शैलेन्द्र मोहन भट्टराई र भरत ओझा प्रतिस्पर्धामा उत्रिएका छन् । कोषाध्यक्षकै प्रतिस्पर्धी माओवादी केन्द्र निकटका भिमबहादुर नेपाली काइलाले भने रामजी पौडेललाई समर्थन गर्दै चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । यद्यपी चुनावी मैदानबाट हटेपनि उनको उम्मेदवारी मतपत्रमा भने देखिने छ ।
एमालेले भने द्धितिय उपाध्यक्ष र कोषाध्यक्षमा उम्मेदवारी दिएको छैन । राष्ट्रिय राजनिति अनुसार काग्रेससँग गठवन्धनमा जाँदा एमालेका तर्फबाट मत नआउने डर माओवादी निकटका व्यवसायीमा देखिएको छ । तर माओवादी केन्द्रकै अर्काथरी व्यवसायीले भने केन्द्रिय गठवन्धन अनुसार नै जाने र आफ्ना उम्मेदवारलले जसरी पनि जित्ने विश्वास गरेका छन् । बाम गठवन्धनले सवै बामपन्थी उम्मेदवारलाई जिताउन आफु निकटका व्यवसायीलाई आन्तरिक सर्कुलर जारी गरेका छन् ।
वामपन्थी खेमाबाट बरिष्ठ उपाध्यक्षमा विनोद श्रेष्ठ, प्रथम उपाध्यक्षमा राजेन्द्र ओझा, द्धितिय उपाध्यक्षमा गोपिचन्द्र बास्तोला, महासचिवमा मेनुका श्रेष्ठ, उपमहासचिवमा धिरजकुमार श्रेष्ठ र कोषाध्यक्षमा रामजी पौडेल चुनावी मैदानमा उत्रिएका छन् । त्यसैगरी सदस्यहरुमा पनि वामपन्थी खेमाबाट आवश्यक आठ जना भन्दा बढी चुनावी प्रतिस्पर्धामा देखिएका छन् ।
काग्रेस निकट व्यवसायीहरु बरिष्ठमा उपाध्यक्षमा भरतकुमार अधिकारी, प्रथम उपाध्यक्षमा प्रकाशलाल श्रेष्ठ, द्धितिय उपाध्यक्षमा शैलेन्द्र मोहन भट्टराई, महासचिवमा उपेन्द्र सुवेदी राजु, उपमहासचिवमा जानुका अधिकारी र कोषाध्यक्षमा भरत ओझाले उम्मेदवारी दिएका छन् । सदस्यमा पनि काग्रेस निकटबाट आवश्यक संख्या भन्दा धेरै चुनावी मैदानमा उत्रिएका छन् ।चुनावी प्रचारमा शुरु शुरुमा राजनीतिक हिसावले भन्दा पनि व्यवसायीक हिसावले मिसिएर हिडेका उमेदवारहरु पछि विस्तारै धु्रविकरण हुँदै गएका थिए ।
एमाले र माओवादीले गठवन्धन बनाएपछि काग्रेसले पनि छुट्टै रणनीति बनाउने काग्रेस निकटका एक व्यवसायीले बताए । उनले व्यवसायीहरुमा जुन आस्था भएपनि समावेशी हुनेगरी नेतृत्वमा ल्याउने योजनामा गठवन्धनले धक्का पुगेको समेत उल्लेख गरे । संघको नेतृत्वका लागि मतदाताले राजीनितीक वादमा भन्दा पनि व्यवसायीकता, नेतृत्व क्षमता भएका उम्मेदवारलाई छान्ने विश्वास गरे ।
विगतका केही बर्ष देखी राजिनितक सन्तुलन कायम गर्दै संघमा काग्रेस र एमालेका व्यवसायीहरुले आलोपालोमा नेतृत्व गर्दै आएका थिए । त्यही सहमतिका विचबाट कग्रेस निकटका छत्रधर आत्रेय नेकपा एमाले निकटका बलराम ढकालपछि अहिले निर्विरोध अध्यक्ष भएका हुन ।आत्रेयसँगै दुई पार्टीको आलोपालो सहमति लगभग समाप्त भएको छ । यसपछिको नेतृत्वका लागि भने लाभहानीको विश्लेषण सँगै सहकार्य हुने परिस्थिति सिर्जना भएको छ ।
संघको आठौं महाधिवेशनमा सुमन भट्टराईसँगै उदाएको सहकार्यको श्रृंखला छत्रधर आत्रेयपछि भने प्रतिस्पर्धात्मक हुने देखिएको छ ।उसो त लेखनाथ उद्योग बाणिज्यसंघको यसपटकको निर्वाचनमा राजनितिक रुपमा अतिवाद, विगतका केही चुनावमा भएको हारजीतको प्रतिसोध, कुण्ठा, इस्र्या लगायतका विभिन्न फ्याक्टरले समेत परिणाममा फरक नतिजा समेत निस्कन सक्ने अनुमान व्यवसायीहरुले गरेका छन् । बिगतमा संघको सदस्यता बितरण देखी नविकरणमा समेत सहमति गरेकाहरुलाई अहिले त्यही सदस्यता विस्तारको प्रभाव समेत पर्ने देखिन्छ । बिगतमा सदस्यता विस्तारगर्दा एकैजनासँग परिवार, इष्टमित्र, सहयोगी, नजिकका शुभचिन्तक समेतको गरी सयौंको संख्यामा मतदाता होल्ड हुँदा केहीको अंक गणित समेत विग्रन सक्ने समेत स्पष्ट देखिएको छ ।
काग्रेस निकट संस्थापक भै २०५४ सालमा स्थापना भएको लेखनाथ उद्योग बाणिज्य संघमा काग्रेसले यसपटको विरासत पाएपनि सदस्यमा संख्यात्मक हिसावमा वामपन्थीहरुले वर्चश्व बढाउँदै लगेका छन् । संघले स्थापनाको रजत जयन्ती मनाईरहँदा दुई जना बामपन्थी बाहेक सवै नेतृत्व कग्रेस निकटकाले नै गरेका छन् ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...