भलामको पहिरो पीडितलाई बेथेष्डाको राहत

पोखरा, असोज  । बेथेष्डा इन्टरनेशनल ल्याङग्वेज एण्ड लिडरसिप प्रा.लि., पोखरा कास्कीले पोखरा महानगरपालिका वडा नं. २० भलाम स्थित कुना गाउँको दलित बस्तीमा गत भदौ १७ गते आएको भारी वर्षाका कारण प्रभावित १६ घर परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।

उक्त अवसरमा खाद्यान्न सामाग्री वितरण गर्दै बेथेष्डाका कार्यकारी निर्देशक रामु रायमाझीले आपतविपतमा परेकालाई स्हयोग गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो ।उक्त अवसरमा संस्थाको तर्फबाट प्रति परिवार २५ केजी चामल, ३ केजी दाल, १ लिटर तोरीको तेल, २ वटा साबुन, १ वटा कप, चिउरा १ केजी, नुन १ केजी र भाँडा माझ्ने साबुन १ वटाका दरले १६ परिवारलाई उक्त सामाग्री वितरण गरिएको थियो ।

 

राहत वितरणको चाँजोपाँजो राजनीतिक, शिक्षाविद् स्थानीय सामाजिक व्यक्तित्व शंकर गौतमले गर्नुभएको थियो भने कार्यक्रममा संस्थाका यम मल्ल, राजेन्द्र मल्लको समेत सहभागिता रहेको थियो ।

 

पहिरोका कारण दलित वस्ती जोखिममा परेको स्थानीय गणेश वि.क.ले बताए । उनले पानी पर्यो भने अहिले पनि घरमा बस्ने अवस्था छैन, घर छोडेर हिड्नु पर्छ भने । वस्ती संरक्षणका लागि स्थानीय सरकारसँग जोडदार माग समेत गरेका छन् । गत भदौ १७ गते परेको अविरल वर्षाका कारण आएको पहिरोबाट ५ जनाले ज्यान गुमाएका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...