पर्यटकीय पदमार्ग सरसफाई तथा मर्मत सुरु 

पोखरा, असोज १५ गते । कोरोना भाइरसका कारण प्रभावित पर्यटन क्षेत्रमा चहलपहल बढेको छ । लामो समयदेखि निषेधाज्ञाका कारण बन्द रहेका पर्यटकीय गन्तब्यहरु खुलेका छन् । झण्डै १८ महिना पर्यटकीय गतिविधि बन्द भएका कारण पदयात्रा मार्गहरु झाडीले ढाकिएका थिए भने फोहोर देखिएका थिए । पर्यटकीय सिजनको सुरुवात भएसंगै पदमार्गहरुको सरसफाई सुरु गरिएको छ ।

अल्पकालिन रोजगार कार्यक्रम अन्र्तगत २ सय पदयात्रा मजदुरलाई दश दिने रोजगार कार्यक्रम अन्र्तगत सरसफाई सुरु गरिएको हो । टेकिङ्ग एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको समन्वय, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रमको सहकार्यमा पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालिन रोजगार कार्यक्रम अन्र्तगत पदयात्रा मजदुरहरुलाई १० दिनको लागी रोजगार प्रदान गरि पदयात्रा सरसफाई गरिएको छ ।

कार्यक्रम  अन्र्तगत बिरेठाँटी–दाङसिङ÷मोहोरिया–टाडापानी –धान्दु्रक सम्मको पदमार्ग मर्मत संम्भार तथा सरसफाई कार्यक्रमका लागी  २१ जना पदयात्रा मजदुरहरुलाई संलग्न गराई कार्यक्रम शुरुवात गरिएको छ  ।

 

यस्तै काँडे–अष्ट्रेलियन क्याम्प–पोथना–धम्पुस–अस्ताम–मेलबोट हाईकिङ क्षेत्र सरसफाई र मर्मत सम्भारका लागी १६ जना पदयात्रा मजदुरहरुलाई संलग्न गराई कार्यक्रम शुरु गरिएको टान पोखराका अध्यक्ष सुशिल पौडेलले जानकारी दिनुभयो । दुबै रुटमा मजदुरहरुले १० दिन सम्म काम गर्ने उहाँले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...