कम्यूनिष्ट आन्दोलन बचाउन नयाँ पार्टी : मन्त्री खतिवडा

पोखरा, असोज २३ गते । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले संसद र कम्यूनिष्ट पार्टी आन्दोलन बचाउन आफुहरुले विद्रोह गरेर नयाँ पार्टी खोलेको बताउनु भएको छ । शुक्रबार साँझ मन्त्री नियूक्त हुुनुभएका खतिवडाको पहिलो सार्वजीनक कार्यक्रम पोखरामा भएको हो ।
बडादशैं, तिहार, नेपाल सम्वत, छठ लगायतका चाँडपर्वहरुको अवसरमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) कास्की जिल्ला कमिटीले शनिबार पोखरामा आयोजना शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उहाँले पार्टीलाई विधि र विधान अन्र्तगत चलाउन खोजेका कारण नयाँ पार्टी गठन गरेको बताउनुभयो ।


केपी ओलीले सिद्धान्त र विचारबाट पार्टी चलाउन भन्दा ब्यक्तिलाई अघि सारेर दस्ता चलाउन सुरु भएपछि आफुहरु नयाँ ढंगले अगाडी बढेको बताउदै भन्नुभयो,‘पार्टीलाई पतनको दिशामा लगेपछि हामी हिडेका हौ ।’ उहाँले एमाले अध्यक्ष ओलीले पार्टीलाई नीति, विधि विपरित ब्यक्तिबाट चलाउन खोजेको बताउदै भन्नुभयो, ‘पार्टी नीति विधि र पद्धतिबाट चल्छ । तर ओलीले पार्टीलाई ब्यक्तिको सम्पत्ति बनाउन खोजेका कारण दासत्व स्वीकार गर्न सकिएन हामीले विद्रोह ग¥यौ ।’ मन्त्री खतिवडाले ओलीले कहिल्यै पार्टीमा विचार र सिदान्तको कुरा नगरेको बताउदै भन्नुभयो, ‘उखानटुक्का, बीरबल र अकबरको कथाले पार्टी नचल्दैन् ।पार्टी चल्न विचार, सिद्धान्त, सामुहिक नेतृत्व चाहिन्छ ।’

नेकपा एस कास्कीका अध्यक्ष धनराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एसका नेता, कार्यकर्ताहरुको सहभागिता थियो भने गण्डकी प्रदेश सरकारका मन्त्री, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका पार्टीहरुका नेताहरुको सहभागिता रहेको थियो भने एमालेका नेता तथा कार्यकताको सहभागी थिएन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...