पोखरा, असोज २८ गते ।
पोखरा त साँच्चिकैको पोखरा नै रैछ,
पोखरा त साँच्चिकैको पोखरा नै रैछ….।
प्रेमप्रकाश मल्लले त्यतिकै यो गीत रचना गरेका होइनन् भन्ने तथ्य पोखराका मनोरम दृश्यले आफैं प्रमाणित गर्छन् । भ्रमणमा आउने अधिकांश पर्यटकले पोखराको सुन्दरताको वर्णन गर्छन् र पोखरा जीबनमा एकपटक पुग्नैपर्ने ठाउँ हो भनेर निश्कर्ष निकाल्छन् ।प्रमुख पर्यटकीय गन्तव्य पोखरा प्रकृतिबाट वरदान पाएको विश्वकै सुन्दर शहर हो भन्दा अतियुक्ति हुँदैन । नेपाल घुम्न आउने विदेशी पर्यटकको पहिलो गन्तव्य पोखरा नै हुने गर्छ ।
आफैंमा सुन्दर रहेको पोखरामा थप सुन्दरता र आकर्षण थप्ने काम छेउँछाउँमा देखिने मनोरम दृश्यहरुले गरेका छन् ।उत्तरतर्फ देखिने माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरी हिमश्रृङ्खला अनि फेवाताल, सेतो गुम्बा, डेभिड फल्स, गुप्तेश्वर गुफा, महेन्द्र गुफा, सराङकोट र प्यारागलाइडिङ, अल्ट्रालाइट, विन्दावासीनी मन्दिर पोखराका मुख्य आकर्षण हुन् ।
पोखरा यस्तो ठाउँ हो, जहाँ नेपालभर घुमेर पोखरा पुगिएन भने त्यो घुमाइ अधुरै रहन्छ । पछिल्लो समय विदेशी पर्यटक मात्र होइन, स्वदेशीहरुको समेत पोखरामा भिड लाग्ने गरेको छ ।
प्रकृतिको सुन्दरतामा रमाउन एकपटक पुग्नै पर्ने ठाउँ हो पोखरा ।पोखराबाट देखिने हिमश्रृखला, ताल, बनजंगलले सबैको मन लोभ्याउछ । नेपालीहरुको महान पर्व दशैँसंगै खुलेका हिमश्रृखलाले स्वागत गरेका छन् ।
दात जस्तै लहरै मिलेरका हिमाल यतिबेला खुलेका छन् । जोकोहीको मन लोभ्याउ छ । वडा दशैको नवमीमा पोखराबाट देखिएको माचापुच्छे हिमाल लगायत अन्य हिमाकाले दृश्य तस्विरमा ।
तस्विर: प्रवेश गौतम / एकराज गिरी