खोलाले जिप बगायो

तम्घास, कात्तिक १ गते । गुल्मीमा डहरे खोला तर्नेक्रममा खोलाले जिप बगाएको छ । सोमबार बुटवलबाट गुल्मीको वामीतर्फ जाँदैगरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जिप सत्यवती गाउँपालिका ६ मा डहरे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिप खोलाले बगाएको र फेला नपरेकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराइले जानकारी दिनुभयो । जिप चालक भने सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

 

जिप खोजी गर्न इलाका प्रहरी कार्यालय जोहाङको ५ जना प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।खोलाले जीप बगाएको भिडियो विभिन्न संचार माध्यमले प्रशारण गरेका छन् । हिजो देखि नेपालभरि भारि बर्षा भैरहेको छ । वर्षाले जनजीवन प्रभावित भ्एको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...