गुट बनाएर निर्वाचन हैन,सर्वसम्मत नेतृत्व चयन गर्नुस : महासचिव पोखरेल

पोखरा, कात्तिक २ गते । नेकपा एमालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेलले वडा तहमा नेतृत्व चयन सर्वसम्मत गर्न निर्देशन दिनुभएको छ । नेकपा एमाले कास्कीले मंगलबार पोखरामा आयोजना गरेको अगुवा कार्यकता भेलालाई सम्वोधन गदै उहाँले गुट बनाएर निर्वाचनमा जाने अवस्था सृजना नगरी सर्वसम्म नेतृत्व चयन गर्नुपर्नेमा जोड दिनुभयो ।

गुट बनाउने हैन, सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ उहाँले भन्नुभयो,‘ त्यहाँ नअटेका साथीहरुलाई व्यवस्थापन गर्न सहज हुन्छ । त्यसैले गुट बनाएर विर्नाचन हैन । सर्वसम्मत नेतृत्व चयन गर्नुस ।’ महासचिव पोखरेलले एमालेले विधान महाधिवेशनबाट नीति बनाएको र महाधिवेशनबाट नेतृत्व चयन गर्ने बताउनुभयो । हामीले नीति छान्यौ नेता मंसिरमा हुने महाधिवेशनबाट छान्छौ उहाँले भन्नुभयो,‘ एमालेको विधान केही नेताले बनाएको हैन । साँढे छ हजार प्रतिनिधिले पारित गरेको हो । अव यसको कार्यान्वयन गर्नुपर्छ ।’ उहाँले एमालेलाई कसैले हल्लाउन नसक्ने बताउने तल्लो कमिटिलाई बलियो बनाउनुपर्नेमा जोड भन्नुभयो, ‘भुई बलियो भयो भने एमालेलाई कसैले हल्लाउन सक्दैन् । त्यसैले पार्टीमा भएका समस्या समाधान गर्न विधान बनाएका छौ । विग्रिएको पार्टी ठिक बनाउने हो ।’

उहाँले नेकपा एमाले चोइटिएको र त्यसले केही असर गरेको भएपनि असर पर्न नदिने बताउनुभयो । पार्टीबाट एक जना मान्छे गएपनि नोक्सान हुन्छ तर एमालेमा प्रवेशको लहर आएको छ उहाँले भन्नुभयो, ‘माओबादीका थु्रपै नेताहरु पद छाडेर एमाले आउनु भएको छ । चोइटिएर जानेको दशौ गुणा माओबादी लगायत अन्य पार्टीबाट आउनु भएको छ । त्यसको क्षतीपुर्ति गछौँ ।’ महासचिव पोखरेलले कास्की जिल्ला एमालेको लालकिल्ला भएको बताउदै चोइटिएर जानेले केही गर्न नसक्ने दावी गर्नुभयो ।

 

उहाँले हिजो गलत बाटोमा लागेकालाई पार्टीमा फिर्ता ल्याएपनि जिम्मेवारी दिदाँ भने विचार पुर्याउन आग्रह गर्नुभयो ।‘ पार्टी एकताको पक्षमा छ की छैन् । विभाजनलाई बढबा दिने खालका गतिविधि गरेको छ की छैन भन्ने विषयमा ख्याल गरेर मात्रै जिम्मेवारी दिने विषयमा ख्याल गर्नुपर्छ ।’कार्यक्रममा एमाले कार्यकताले महासचिव पोखरेललार्ई पार्टीका विषयमा प्रश्न राखेका थिए । कार्यक्रम एमाले कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको थियो भने सञ्चालन सचिव दामोदर बैरागीले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...