देउवा नेतृत्वको सरकार बिकास र समृद्धि विरोधी : महासचिव पोखरेल

पोखरा, कात्तिक ३ गते।नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले वर्तमान सरकार समृद्धि र विकास विरोधीहरुको गठबन्धन भएको आरोप लगाउनु भएको छ । उहाँले गलत मनसायबाट बनेको सरकार र गठबन्धन धेरै समय नटिक्ने बताउदै भन्नुभयो,‘ अहिलेको राजनीतिक गठबन्धन धेरै दिन टिक्दैन । यो सरकारका गतिविधि विरुद्ध एमालेले भण्डाफोर गर्छ ।’


नेकपा एमाले कास्कीले बुधबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव पोखरेलले भन्नुभयो, ‘यो गठबन्धन मुलुकको आर्थिक विकास र समृद्धिलाई रोक्नको लागि बनेको हो । त्यसैले अहिलेको गठबन्धन धेरै दिन टिक्ने वाला छैन, छिट्टै चकनाचुर हुने वाला छ ।’

 

विकास र समृद्धिलाई अवरुद्ध गर्न, समाजमा अराजकतालाई बढावा दिन गठबन्धनको निर्माण भएको उहाँको आरोप थियो । उक्त गठबन्धनका विरुद्ध नेकपा एमाले दृढता पूर्वक उभिने महासचिव पोखरेलले बताउनुभयो । मुलुकमा राजनीतिक स्थायीत्व आवश्यक रहेको र त्यसका लागि नेकपा एमाले बाहेक अन्य विकल्प नरहेको उहाँको तर्क थियो । साथै एमाले राष्ट्रिय स्वाभिमानको विषयमा कहिल्यै पछाडी नहट्ने उहाँको भनाई थियो ।

 

एमाले सचिव एंव गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा एमाले भावनात्क, मनोबैज्ञानिक रुपमा एकताद्ध हुनुपर्नेमा जोड दिदै राष्ट्रिय स्वाधिनताको लागि एमालको नेतृत्वमा सरकार बन्नुपर्नेमा जोड दिनुभयो । ‘बलियो एमालेले मात्रै देशको नेतृत्व गर्न सक्छ । त्यसैले नीति, विचार र भावनाले एकताबद्ध हुनुपर्छ ।’

एमाले केन्द्रीय सदस्य एंव पूर्वगृहमन्त्री खगराज अधिकारीले नेकपा एमालेको कृत्रिम विभाजन स्वीकार्य नभएको बताउदै अझै मजबुत भएर अगाडी बढनुपर्नेमा जोड दिनुभयो । उहाँले विगतमा भएका कमीकमजोरीलाई सुधार गरेर अगाडी बढनुपर्नेमा जोड दिनुभयो ।

 

एमाले गण्डकी अध्यक्ष एवं पूर्वमन्त्री जगत विश्वकर्माले विगगबाट पाठ सिकेर संघीयल गणतन्त्रको संस्थागत गदै राष्ट्रिय एकता कायम गदै अगाडी बढनुको विकल्प नभएको बताउनुभयो ।कार्यक्रम एमाले कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको थियो भने सञ्चालन सचिव कृष्ण थापाले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...