पोखरा, कात्र्तिक ६ गते । नेकपा एमालेले शनिबार देशैभरका वडाहरुमा अधिवेशन सम्पन्न गरेको छ ।देशभरका ६ हजार ७ सय ४३ वटै वडामा अधिवेशन सम्पन्न भएको छ । यता कास्की जिल्लाका पाँच स्थानीय तहका वडाहरुमा समेत अविधेशन सम्पन्न भएको छ ।
चार गाँउपालिका र पोखरा महानगरका वडाहरुमा अधिवेशन सम्पन्न भएको छ । सर्वसम्मत भएका वडाहरुमा वडा कमिटिका नाम सार्वजनीक भएका छन् । पोखरा महानगर अन्र्तगत वडा नम्वर ७ को अध्यक्षमा किशोर सहित ५१ सदस्यीय टिम निविरोध निर्वाचित भएको छ । जसको उपाध्यक्षमा शारदा गिरी,सचिवमा गणेश श्रेष्ठ , उपसचिवमा कमला जलारी, दिपक कार्की चयन हुनुभएको छ ।
यता वडा नम्वर १५ मा पनि सर्वसम्मत कमिटि चयन भएको छ । अध्यक्षमा भोज बहादूर गुरुङ्ग उपाध्यक्षमा खेम बहादुर थापा सचिव पार्वती कार्की र उपसचिवमा मन्दिरा परिवार र आशिष भण्डारी सर्वसम्मत हुनुभएको छ । वडा नम्वर ४ को अध्यक्षमा शंकर बहादुर कोइराला सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
त्यस्तै वडा नम्वर १३ को अध्यक्षमा निकलण्ठ सिग्देल सर्वसम्मच चयन हुुनुभएको छ । पोखरा २७ को अध्यक्षमा सुर्यमणी लामिछाने, पोखरा १२ को अध्यक्षमा बलराम ढुंगाना, पोखरा २ को अध्यक्षमा दीपक शाह,, पोखरा २५ को अध्यक्षमा ऋषिराम पौडेल चयन हुनुभएको छ ।यता पोखरा १ को अध्यक्षमा रामबिक्रम राणा निर्विरोध निर्वाचित हुनुभएको छ ।उपाध्यक्षमा सहारा प्रधान,सचिवमा राधा बराल अधिकारी,उपसचिवमा शोभा गुरुंग र कल्पना बास्तोला चयन हुुनुभएको छ ।
यस्तै पोखरा ३१ को अध्यक्षमा चिरञ्जीवी बञ्जारा चयन हुुनुभएको छ । अधिवेशनले उहाँको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।नेकपा एमाले पोखरा महानगर वडा कमिटी १० को प्रथम अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । अधिवेशनले सुर्य बानियाँलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ ।
कमिटिको उपाध्यक्षमा सिता तिमिल्सिना,सचिवमा राजु श्रेष्ठ,सहसचिवमा कमल बस्नेत,सहसचिवमा जानुका अधिकारीलाई चयन गरेको छ ।महानगरका सवै वडा अविधेशनको विवरण आइसकेको छैन् ।