पोखरा, कात्तिक ९ गते ।कास्कीका चार गाँउपालिका र एक महानगरमा आज अधिवेशन हुदै छ ।रुपा, मादी, अन्नपूर्ण र माछापुच्छे गाँउपालिकामा आज अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । पोखरा महानगरपालिको अधिवेशन पोखरा सभागृहमा हुदै छ । महानगरको अध्यक्ष पदमा दीलिप न्यौपाने, तेजनारायण अधिकारी र सञ्जीवबहादुर कोइराला आकाक्षी देखिएका छन् ।
तीनै जनाले उम्मेदावरी बाहिरि रुपमा घोषणा नगरेपनि सुभचिन्तक मार्फत उम्मेदवारी घोषणा गरेका छन् । पोखरा महानगर समिटिको पूर्व सचिव भएर काम गरिसकेका कारण दीलिप न्यौपाने अध्यक्ष हुने चाहाना राखेका छन भने महानगर कमिटि संयोजक भैसकेका अधिकारीको पनि अध्यक्ष बन्ने आकांक्षा पलाएको छ । त्यस्तै व्यवसायी सञ्जीवबादुर कोइराला पनि अध्यक्षका लागि तयारी गरिरहनु भएको छ । न्यौपानेलाई एमाले नेता खगराज अधिकारी समुहको सहयोग र अधिकारीलाई एमाले सचिव समेत रहेका पृथ्वीसुब्बा गुरुंगको साथ रहेको एमाले निकटहरुले बताएका छन् ।
यता कोइराला भने एमाले नेता किरण गुरुंगको समर्थनमा उम्मेदवार बनेको चर्चा चलेको छ । महानगर कमिटिका वर्तमान संयोजक दीपक पौडेलको पनि आकांक्षा रहेको बताइएको छ । तर उनले अन्तिममा आएर खगराज गुट छाडेको र पृथ्वीसुब्बाले तेजनारायणलाई बोकेका कारण उनको सम्भावना नरहेको स्रोतको भनाई छ । वडा तहबाट छानिएका प्रतिनिधि युवा जमात धेरै भएका कारण युवा नेतृत्वलाई छनोट हुने सम्भवना प्रवल देखिएको एक प्रतिनिधिले बताए ।
।