पोखरा, कात्तिक १० गते ।नेकपा (एमाले) अन्नपूर्ण गाउँपालिका कमिटीकाको अध्यक्षमा बिबेक देवकोटा चयन हुनुभएको छ । गाँउपालिकाको मंगलबार राती सम्पन्न अधिवेशनले देवकोटालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
देवकोटा अनेरास्ववियूरुका पूर्व जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य भएर काम गरिसक्नुभएको छ ।त्यस्तै कमिटिको उपाध्यक्षमा मिना गुरुङ, सचिवमा मदनप्रसाद पौडेल, उपसचिवमा दानबहादुर केसी र विराज सुवेदी सर्वसम्मत निर्वाचित भएका छन् ।