पोखरा,कात्तिक ११ गते । नेकपा एमाले पोखरा महानगर कमिटिको अध्यक्षमा दिलिप न्यौपाने सर्बसम्मत चयन हुनुभएकोछ । अध्यक्षमा पा्ँच जनाको उ्म्मेदवारी परेको थियो । नेताहरुवीच अध्यक्षमा न्यौपानेलाई सर्वसम्मत गर्ने विषयमा सहमती भएको छ । न्यौपाने लामो समयदेखि विद्यार्थी राजनीतिमा रहेर काम गर्नुभएको थियो । उहाँले यसअघि एमाले नगर कमिटिको सचिवको समेत जिम्मेवारीमा रहेर काम गर्नुभएको थियो । अध्यक्ष पदमा वर्तमान नगर कमिटि अध्यक्ष दीपक पौडेल, पूर्व नगर कमिटि संयोजक तेजनारायण अधिकारी, धनबहादुर नेपाली, हरिप्रसाद त्रिपाठीले उम्मेदवारी दिनुभएको थियो ।
महागनर कमिटिमा प्रतिनिधिहरुको भावनालाई कदर गदै एमाले नेताहरुले न्यौपानेका नाममा सहमती गरेका हुन् । आधिकारीक रुपमा सार्वजनीक नभएपनि भित्री रुपमा सहमती जुटेपछि अहिले उपाध्यक्ष लगायतका पदमा सहमतीको प्रयास भैरहेको छ । कमिटिको उपाध्यक्षमा मोहन गुरुङ र राजकुमारी भुजेल मध्य एक जनालाई उपाध्यक्ष बनाउने प्रयास भैरहेको छ । लगभग मोहन गुरुङ उपाध्यक्षमा पक्का हुने बताउनुभयो । त्यस्तै सचिवमा जीवन आचार्य निर्वाचित हुनुभएको छ । सचिवमा उम्मेदवारी दर्ता गर्नुभएका गोकर्ण अधिकारीले उ्रम्मेदवारी फिर्ता लिएपछि आचार्य सचिवमा निर्वाचित हुनुभएको हो तर निर्वाचन आयोगले घोषणा गर्न बाकी रहेको छ । त्यस्तै उपसचिवमा सिता विश्वकर्मा र रामचन्द्र थापाको नाममा सहमती भएको छ । आधिकारी रुपमा घोषणा भएको छैन् ।
त्यस्तै भुगोल तर्फ वडा नम्वर १ बाट ईश्वरीप्रसाद बाँस्तोला, वडा नम्वर २ बाट शशिधर पराजुली, वडा नम्वर ४ बाट इन्द्रकुमारी अधिकारी, वडा नम्वर ६ बाट विष्णुबहादुर भटराई, वडा नम्वर ७ बाट पुरुषेत्तम रेग्मी, वडा नम्वर ८ बाट ईश्वरप्रासद सुवेदी, वडा नम्वर ९ बाट प्रकाश शर्मा, वडा नम्वर १० बाट नारायणप्रसाद बाँस्तोला, वडा नम्वर १२ बाट बीरबहादुर थापा, वडा नम्वर १३ कृष्णकुमारी गुरुङ, वडा नम्वर १५ तोरणबहादुर बानियाँ, वडा नम्वर १६ बाट जगन्नाथ तिमिल्सिना, वडा नम्वर १७ बाट चिरञ्जिवी पोखरेल, वडा नम्वर १९ बाट नवीन भण्डारी, वडा नम्वर २० बाट मोहनबहादुर केसी, वडा नम्वर २२ बाट खेमराज बराल, वडा नम्वर २३ बाट चेतबहादुर क्षेत्री, वडा नम्वर २५ बाट बेदनाथ पौडेल, वडा नम्वर २७ बाट गणेशराज धमला, वडा नम्वर २८ बाट दिनेशबाबु खडका, वडा नम्वर २९ बाट प्रमोदकुमार पौडेल, वडा नम्वर ३० बाट प्रेमराज बसौला, वडा नम्वर ३२ बाट विष्णुप्रसाद तिवारी र वडा वडा नम्वर ३३ बाट चन्द्रप्रसाद पौडेल सर्वसम्मत भ्गोलबाट सदस्यमा सर्वसम्म निर्वाचित हुनुभएको छ ।