रंगोली बनाएर घर घरमा लक्ष्मी पुजा

पोखरा, कात्तिक १८ गते । नेपालीहरुको दोश्रो ठूलो चाड तिहारको आज लक्ष्मीपुजा ।

देशभर घर–घरमा धनकी देवी लक्ष्मीको पुजा भइरहेको छ ।

दुई वर्ष कोरोनाका कारण खुलेर तिहार मनाउन नपाएका नेपालीहरुले सय वर्ष भब्य रुपमा मनाइरहेका छन् । लक्ष्मी पुजामा लक्ष्मी भित्राउन घर घरमा पुजा भैरहेको छ ।

नेपालमा पछिल्लो समय रंगोली बनाएर लक्ष्मी पुजा गर्ने प्रचलन निकै बढेको छ । प्रत्येकजसो घरमा विभिन्न आकार प्रकारका रंगोली बनाइएका देखिन्छन । पर्यटकीय सहर पोखराका व्यवसायीक प्रतिष्ठानदेखि ब्यक्तिगत घरका ढोका अगाडी आँगनमा रंगोली बनाइएका देखिन्छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...