चित्रकलामा राईजिङ स्टारकी शुस्मिता प्रथम

पोखरा । लायन्स क्लब अफ पोखरा नर्सेसको आयोजनामा पोखरामा रहेका विद्यालयलाई समेटेर ‘विइ अल आर कनेक्टेड’ शिर्षकमा विद्यालयका ११ देखि १३ वर्षसम्मका विद्यार्थीहरुको पिस पोस्टर चित्रकला प्रतियोगिता २०७८ शुक्रबार न्युरोडको स्र्टेट नम्बर १४ को नगेन आर्ट एकेडेमिमा सम्पन्न भएको छ ।


एसिस्टेन्ट चिफ एडभाईजर अर्जुन थापाले विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्दै कलामा निरन्तर लागे कलामा राम्रो हुने बताउनुभयो । उहाँले नेपालमा पनि अहिले अभिभावककले आफ्ना सन्ततिलाई चित्रकलामा लाग्न हौशाला दिन थालेको बताउनुभयो ।लायन्स क्लब अफ पोखरा नर्सेसका अध्यक्ष गिता जोशीले विश्व शान्तिको लागि लायन्सले प्रत्येक वर्ष गर्दै आएको क्लबको महत्वपुर्ण कार्यक्रम भएको जानकारी दिनुभयो । उहाँले नेपाल भरको लायन्स क्लबहरुले यो प्रतियोगीता गरेर उत्कृष्ट भएका विद्यार्थीको कलालाई काठमाण्डौं पठाउने र नेपालभरबाट उत्कृष्ट भएकोलाई अमेरिका पनि पठाउने भएकोले यस कार्यक्रमले विश्वमा पनि नेपालको नाम राख्न सफल भएको बताउनु भयो ।

प्रतियोगीले कार्यक्रमस्थलमा नै चित्र बनाएका थिए । स्थलगतरुपमै कोरिएका चित्रलाई निर्णायकले मूल्याङ्कनबाट प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरेका थिए। उनीहरु क्रमशः शुस्मिता श्रेष्ठ राईजिङ स्टार एकेडेमि , सोयंका गुरुङ हिलपोइन्ट सेकेन्डरी स्कुल, वन्दना कुमाल नव प्रभात माध्यमिक विद्यालय र सोनी पुर्जा पुन हिलपोइन्ट सेकेन्डरी स्कुलका रहेका छन् । उनीहरुले क्रमशः नगेन आर्ट एकेडेमिमा आर्ट क्लासमा ५०% (२७०००) र २५%(१३५००) छुट सहित ट्रफि, मायाको चिनो र प्रमाणपत्र प्राप्त गरेका थिए ।

कार्यक्रममा बिश्व कलायात्री प्राज्ञ नगेन सिंहले विद्यालयले कला क्षेत्रलाई प्राथमिकतामा राखेर अध्ययन अध्यापन गराउनु निकै प्रशंसनीय कार्य भएको बताउनु भयो । कला संस्कृतिलाई जीवन्त राख्ने यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै बालबालिकाको प्रतिभालाई प्रस्फुटन गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले शान्ति , पर्यटन र कला प्रबद्र्वन गर्ने उद्घेश्यका साथ कला कक्षा गर्न नगेन आर्ट एकेडेमी स्थापना गरेको जानकारी दिनु भयो ।
निर्णायक संयोजक वरिष्ठ चित्रकार गोपाल श्रेष्ठले कलालाई निरन्तर साधना गर्नसक्ने हो भने व्यक्तित्व विकाससँगै जीवन यापनमा सजिला हुने बताउनु भयो ।

लायन्स क्लबको कास्कीको जोन चियरपर्सन बलराम पहारीले वि अल आर कनेक्टेड’ शिर्षकमा विद्यार्थीले २ घण्टामा बनाएको चित्रकला उत्कृष्ट रहेको बताउदैं विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्नुभयो ।पिस पोष्टर कन्टेष्टका सेन्टर कोर्डिनेटर शम्भु बास्तोलाले पिस पोष्टर कन्टेष्टको र लायन्स क्लबको महत्वका बारेमा प्रकाश पार्नु भएको थियो ।लायन्स क्लब अफ पोखरा नर्सेसको अध्यक्ष गिता जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष निशा श्रेष्ठ कार्यक्रम सञ्चालन सरु प्रधान ले गर्नु भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...