पोखरा, कात्तिक २९ गते ।गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री ले गण्डकी सरकारको डिजिटल गण्डकी प्रोभिन्स अभियानलाई साकार बनाउन आइएमएसले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।
आइएमएस सफटवेयर माध्यम सार्वजनिक भएको डिजिटल पेमेन्ट प्रविधिको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै उहाँले आइएमएस सफ्टवेयरले डिजिटल पेमेन्ट इन पोखरा उद्देश्य राखेर ल्याएको क्यूआर सेवा मार्फत पोखरेली मात्र नभई भावी दिनमा समग्र गण्डकी प्रदेशले नै लाभ लिने विश्वास व्यक्त गर्नुभएको छ ।
‘आइएमएस सफ्टवेयरले डिजिटल पेमेन्ट इन पोखरा क्यास होइन क्यूआर गरौं भन्ने प्रविधि ल्याउनु आफैमा सह्रानिय काम हो । यसले पोखरालाई डिजिटल पोखरा बनाउन मदत पुग्छ । पोखरामा अब क्यास नभई क्यूआर माध्यम पेमेन्ट गर्ने व्यवस्था हुनु सकरात्मक पक्ष हो ।’, उहाँले भन्नुभयो ।
मन्त्री थापाले आइएमएसले भित्राएको डिजिटल पेमेन्टले क्यासलेस प्रविधिलाई प्रोत्साहन गरेको बताउनुभयो । सुशासन कायम गर्न र छिटोछरितो सेवा प्रवाह गर्नको लागि आइएमएसले ल्याएको डिजिटल प्लाटफर्म सहयोग सिद्ध हुने विश्वास उहाँको छ ।
नोट बनाउँदा धेरै रकम खर्चनुपर्ने भएकाले डिजिटल पेमेन्ट मार्फत त्यसको बचत समेत हुने भनाई मन्त्री थापाको छ । ‘डिजिटल मार्केटको विकास सँगै इकर्मसकलाई समेत यस्तो प्रकारको प्रविधि प्रभावकारी हुन्छ’, उहाँले भन्नुभयो,‘समयसँगै प्रविधिको प्रयोग समेत गर्दै गए जनजीवन सरलीकृत हुन्छ ।’
डिजिटल पेमेन्ट पछिल्लो समय आधारभूत आवश्यकताका रुपमा देखा परेको मन्त्री थापाले बताउनुभयो । पकेटमा पैसा बोकेर हिड्नुपर्ने बाध्यतालाई डिजिटल क्यास पेमेन्टले न्यूनिकरण गरिरहेको उहाँको बुझाई छ । पोखरामा सबै उद्योगी व्यवसायी देखि कार्यालयले समेत आइएमएसले ल्याएको प्रविधिको सक्दो उपयोग गर्नुपर्ने धारणा मन्त्रीको थापाको छ ।