पोखरा, कात्तिक २९ गते । स्याङ्जामा श्रीमानले आफनै श्रीमतिलाई बन्चरो प्रहार गरेका छन् । सोमबार दिउँसो तीन बजेको समयमा स्याङ्जा बिरुवा गाउँपालिका ७ सुरुङ बस्ने वर्ष ४२ को हुम बहादुर थापाले आफ्नै श्रीमती वर्ष ४० की मिनामाया थापालाई बन्चरो गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएके छ ।
बन्चरो प्रहारबाट मिनाको बायाँ कुम र ढाडमा चोट लागि घाईते भएको र उपचारको लागि प्राथामिक स्वास्थ्य केन्द्र वालिङ स्याङ्जा पठाईएको प्रहरीले जनाएको छ । घाइतेको अवस्था गम्भिर रहेको र घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको ।