पोखरामा म्याक्सवेलको सम्मेलन

पोखरा, कात्तिक ३० गते ।अन्तर्राष्ट्रिय मार्केटिङ कम्पनी म्याक्सवेलले पोखरामा भर्चुअल मार्फत वार्षिक सम्मेलन सम्पन्न गरेको छ ।कोरोना भाईरसको महामारीका कारण रोकिएको वार्षिक सम्मेलन नेपालका विभिन्न शाखाहरुको उपस्थितिमा आज (मंगलबार) भर्चुअल मार्फत सम्पन्न गरेको हो ।


सो सम्मेलनमा म्याक्सवेल चितवन शाखा, नेपालगञ्ज शाखा, धरान शाखा, काठमाडौं तथा विराटनगरबाट शाखा प्रमख सहितको उपस्थिति रहेको म्याक्सवेल पोखरा शाखा म्यानेजर रोशन लिम्बुले बताए । म्याक्सवेलको सहसंथापक सञ्जिव मण्डलले होस्ट गरेको जुम मिटिङमार्फत विभिन्न शाखाका कर्मचारीहरु पुरस्कृत भएको लिम्बुले जानकारी दिए ।

 

उनका अनुसार म्याक्सवेल पोखरा नगद रु ८० हजार सहित ट्रफिद्वारा पुरस्कृत बन्यो । त्यसैगरी म्याक्सवेल चितवन शाखा ४८ हजार नगद तथा ट्रफिद्वारा पुरस्कृत भयो । उत्कृष्ट लिडरको उपाधि पाउदै चितवन शाखाकै कर्णविर परियारले नगद रु ३२ हजार सहित ट्रफी प्राप्त गरे । यसैगरी विभिन्न शाखाका कर्मचारीहरुले विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै पुरस्कृत बनेका थिए ।

सो भर्चुअल सम्मेलनमा नेपालका विभिन्न शाखा तथा भारतको मनिपुर, कलकत्ता तथा सिलोङ लगायत विभिन्न शहरहरुबाट म्यानेजर तथा कर्मचारीहरुको उपस्थितिथ रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...