मुल्य बृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्द खुलेको छ । साँझ पाँच बजेपछि बन्द खुलेको हो । पेट्रोलियम पदार्थ तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तुमा सरकारले निरन्तर मूल्यबृद्धि गरेपछि नेपाल बन्दआयोजना गरेको थियो । बन्दमा कुनैपनि अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।
बन्द असफल बनाउन प्रहरी परिचालन गरेपनि पोखरामा बन्द्रको प्रभाव पूर्ण रुपमा परेको थियो । बन्दले ब्यापार ब्यवसाय, उद्योग, सार्वजनीक तथा नीजि सवारी साधन ठप्प रहे । विद्यालयहरु समेत बन्द भए । साँझ बन्द खुलेसंगै बजारमा चहलपहल बढेको छ । सवारी साधन सञ्चालनमा आएका छन । यसैवीच पोखरामा बन्द गराउदै हिडेका आठ जनालाई कास्की प्रहरीले पक्राउ गरेको थियो । पक्राउ गरेका सवैलाई बन्द खुलेसंगै छाडिएको छ ।