१४औं महाधिवेशन कार्यतालिकाअनुसार आज नेपाली कांग्रेसले ६० जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन गर्दैछ ।केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार ६० जिल्लाका १ सय ४८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु हुन लागेको हो ।
कांग्रेसले वडा, पालिका र प्रदेशसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको छ । १४ हिमाली जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पनि सम्पन्न भइसकेको छ ।
यसैवीच कास्कीमा पनि आज अधिवेशन हुदैछ । पोखरा महानगरको नयाँ बजारस्थित प्रर्दशनी केन्द्रमा अधिवेशन हुदै छ भने अन्य क्षेत्र नम्वर १ र ३ को पनि अधिवेशन हुदै छ ।अधिवेशनले महाधिवशेन प्रतिनिधि चयन गर्ने छ ।