काठमाडौँ, मङ्सिर ८ गते । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन अन्र्तगत ६० जिल्लामा सम्पन्न भएको छ । सोमबार सुरु अधिवेशनमा केही जिल्लामा सर्वसम्मत र अधिकांश जिल्लामा निर्वाचन भएको छ ।
अन्तिम नतिजा आज साँझ सम्ममा ४० जिल्लाको सार्वजनीक हुने भएको छ । ४० जिल्लाको नजिता मंगलबार सार्वजनीक भएको थियो भने बाँकी २० जिल्लाको आज आउने भएको हो । यस्तै कास्की जिल्लाका तीनै निर्वाचन क्षेत्र र प्रदेशका ६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनीक भएको छ ।
६० जिल्लामध्ये मङ्गलबार साँझसम्ममा ४० जिल्लाको अन्तिम नतिजा प्रकाशित भएको छ, अन्य जिल्लाको मत परिणाम बुधबार आउने काँग्रेसले जानकारी दिएको छ । देशभरिका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये १६ वटा निर्वाचन क्षेत्रमा यसअघि नै नेतृत्व चयन भइसकेको छ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन मङ्सिर २४ देखि २६ सम्म काठमाडौँमा हुँदैछ ।