पोखरा, मंसिर १२ गते ।नेकपा एमालेको दशौँ महाविधेशन झण्डै १२ घण्टापछि बन्द सत्र सुरु भएको छ । विहान दश बजे सुरु हुने भनिएको बन्द सत्र राती दश बजे सुरु भएको हो । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास थालेको एमालेले पदाधिकारीमा सहमती जुटाउन नसक्दा ढिला भएको हो ।
चितवनमा जारी महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने जिम्मेवारी एमाले अध्यक्ष केपी ओलीलाई दिएको छ । उक्त अधिकार संविधान विपरित भएको भन्दै एमाले नेता भिम रावलले असहमती जनाएका छन् । अहिले बन्द सत्र हलमा अध्यक्ष मण्डलको बैठक बसेको छ । पदाधिकारी र केन्द्रीय सदस्यमा बैठमा सहमतीको प्रयास गरिने र हलमा सुनाइने भएको छ ।