चितवन, मङ्सिर १४ गते । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको मतदानको गणना सुरु भएको छ ।
मंगलबार बिहान ४ बजेबाट भएको मतदान ११ बजेर १५ मिनेटमा सकिएको थियो ।
मुचुल्का उठाउने अन्य व्यवस्थापनको कार्य सकिएपछि मतगणना सुरु भएको निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले जानकारी दिनुभयो ।कुल २ हजार १५३ मतदातामध्ये २ हजार ११४ मत खसेको बताइएको छ ।