पोखरा, मंसिर १४ गते ।नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ। १२सय मत गन्दा भिम रावलले सय मत कटाउन पनि मुस्किल परेकोछ ।
झन्डै आधा मत गन्दा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले अर्का उम्मेदवार भीम रावलसँगको अन्तर निकै फराकिलो परेको छ । निर्वाचन आयोगका अनुसार प्रारम्भिक चरणमा अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले १२०० मत ल्याउँदा भीम रावलले ९९ मत ल्याएका छन् । यहि अवस्था हो भने उनले दुई सय मत ल्याउन समेत मुस्किल देखिएको छ ।
चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मतदान गरेका थिए ।मतदानबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदाधिकारी चुनिने छन् भने सर्वसम्मत हुन नसकेका खुलासहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पनि चुनावबाट टुंगिनेछन्।